काठमाडौँ – गाएक, कलाकार तथा रक स्टार रबिन तामाङको निधन भएको छ । रकस्टारका रूपमा परिचित उनको मंगलबार निधन भएको हो । उनकी दिदीले रबिनको निधन भएको बताएकी छन् । दिदीका अनुसार रबिनको निधन बूढानीलकण्ठस्थित आफ्नै घरमा भएको हो ।
आफन्तका अनुसार उनको शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ ।
उनी ‘रविन एन्ड द न्यू रेभोलुसन’ ब्यान्डका भोकलिस्ट पनि हुन् । उनी रबिन एन्ड द न्यू रेभोलुसन नामक ब्यान्डकाे भोकलिस्ट पनि हुन् ।