काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको जनाएको छ । 

पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण भएको छ भने अहिले सक्रिय संक्रमितको संख्या ४६९ जना रहेका मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २ हजार ४३६ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितको भेन्टिलेटर, १३ जनाको आईसीयू र २४ जना आईसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ४८ जना निको समेत भएका छन् ।  

By itahari network

Itahari Network, Be informed today.

Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.