काठमाडौं / स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भएका छन् ।

गत शनिबार पेटमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् । 

उपचारमा संलग्न चिकित्सकका अनुसार  राष्ट्रपति पौडेलको छातीमुनि पेट र बाँया कोखा दुख्ने समस्या भएको र निको भएपछि बुधबार डिस्चार्ज गरिएको हो । राष्ट्रपति पौडेल अस्पतालबाट राष्ट्रपति भवन शीतल  निवास गएका छन् । 

By itahari network

Itahari Network, Be informed today.

Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.